१. ढिस्काले रोक्न सक्दैन नदीको उर्लंदो गति ।
२. निरन्तर हिँडे हट्छन् पथका सब उल्झन ।
३. सद्भाव चाहनेलाई युद्धमा पनि बुद्ध छ ।
४. सौन्दर्यको सही अर्थ पसिनाभित्र रुझ्नु हो ।
५. कस्तो हुन्छ हिमाल वा हिउँ बढी चढ्नेहरू बुझ्दछन् ।
६. पैसा बनाउँछन् मान्छे पैसा मान्छे बनाउँछ ।
७. माया जीवन हो र उच्चपन हो विश्वास हो भक्ति हो ।
८. इच्छाशक्ति हुनेलाई चुनौती वरदान हुन् ।
९. तितो मह पिई मान्छे कसरी सुन्छ बाँसुरी ?
१०. हिराको हार के गर्नु गलामा तिक्तता भए ?
११. अप्ठ्यारा ठाउँको घाउ प्रायः धेर चिलाउँछ ।
१२. अभाव वस्तुको छैन अभाव छ विचारको ।
१३. जस्तै जन्जिर टुट्न सक्छ मनका कुण्ठाहरू तोडिए ।
१४. मन सुन्दर चाहिन्छ हुँदैन अब चर्मले ।
१५. सफा दृष्टि हुने व्यक्ति भर पर्छ विचारमा ।
१६. काँडो निकाल्न काँडाको छ आवश्यकता पुनः ।
१७. विचारसामु टिक्दैन शक्ति सामथ्र्यको अहम् ।
१८. जीतहार दुवैभन्दा धेरै माथि विचार छ ।
१९. सलेदो नजलेसम्म दीप छर्दैन रोशनी ।
२०. गोरु सायद सम्झिन्छ सिँघौरी हो बहादुरी ।
२१. छायामा पल्टिनेलाई लाग्छ घाम भयावह ।
२२. रोपेको रुख जाग्दैन नरोपी झार जाग्दछ ।
२३. भूस चामलमा भूस माथि हुन्छ सधैंभरि ।
No comments:
Post a Comment