शेयर बजारमा अहिले अनुभव भन्दा पनि पैसा बाेकेर आउनेहरु धेरै छन । अनुभवीहरुले शेयर बजारबाट नाफा आर्जन गर्न सफल भएका छन भने नयाँ लगानीकर्ता रनभुल्लमा परेका छन् ।
हरेक बुलमा दुई किसिमको मानिसहरु आउँछन। एउटा अनुभव बोकेर र अर्को पैसा बोकेर । जब बुल सकिन्छ- पैसा बोकेर आउनेले गज्वबको अनुभव बोकेर फर्किन्छ भने अनुभव बोकेर आएका मानिसहरु पैसा बोकेर फर्किन्छ। विगत लामो समयदेखि नेपालको शेयर बजारमा देखिने तितो सत्य यथार्थ यहि हो।
शेयर बजारमा लगानीकर्तालाइ यसरि चित्रण गर्न सकिन्छ:- काठमाण्डौंको अति व्यस्त सडकमा पहिलो एउटा चार वर्षको एक्लो बालक सडकपारि जाने प्रयासमा दुई कदम अगाडि बढाउँछ तर सडकमा गाडीको रफ्तार देखेर फेरि चार कदम पछाडि सार्छ अगाडि बढ्न सक्दैन । गाडिकाे चापमा उसलाई डर हुन्छ । अर्को चार वर्षको बालक आफ्नो आमा बुबाको हात समातेर आरामले सडक पार गर्न सक्छ । त्यसैले शेयर बजारका पुराना तथा अनुभवी लगानीकर्ताहरुले पैसा बोकेर आउने नयाँ लगानीकर्ताहरुलाई सहि सल्लाह तथा सुझाव दिदा उनीहरु नोक्सानीबाट जोगिन्छन तथा शेयर बजारबाट नाफा कमाउन सक्छन । अनि शेयर बजार जुवा हो भन्नेलाइ गतिलो झापडमा परिणत हुन्छ ।
नयाँ लगानीकर्ताको अवस्था पहिलो एक्लो बालक जस्तै अन्योलमा छ । त्यसैले अर्को दोश्रो बालकको आमा बुवा सहितको बालक बनाउन शेयर बजारका पुराना तथा अनुभवी लगानीकर्ताले MENTOR (संरक्षक) को भुमिका निभाउनु पर्छ । जसबाट पैसा बोकेर आउने नयाँ लगानीकर्ताले नोक्सानी व्यहोर्नु नपरोस ।
नयाँ लगानीकर्ताको शेयर बजारको सम्वन्धमा प्रश्नहरु पनि बालक सरह नै हुन्छन र बारम्बार एउटै प्रश्न सोधिरहेका पनि हुन सक्छन त्यसैले अलिकति पनि झर्को नमानी उनीहरुका हरेक प्रश्नका उत्तरहरु बारम्बार दिनुपर्छ ।
पैसा मात्र बाेकेर आउने नयाँ लगानीकर्ताहरुले बजार सधै हरियो नै हुन्छ भन्ने मानसिकता बनाउछन तर वास्तविकता ठिक विपरित हुन्छ बजार कहिले हरियो हुन्छ त कहिले रातो हुन्छ जुन शेयर बजारकै सुन्दर पक्ष हो।
कम्पनीको विगतका वर्षमा कतिसम्म न्युनतम मूल्य थियो तथा कतिसम्म अधिकतम मूल्य थियो त्यसको जानकारि बिना नै अरुको लहैलहैमा लागेर जस्तोसुकै कम्पनीका शेयरहरु किन्छन् । कम्पनीको विगतका वर्षहरुमा कतिसम्म न्युनतम मूल्य थियो तथा कतिसम्म अधिकतम मूल्य थियो भन्ने जानकारि भएमा केहि सावधानीका उपायहरु अपनाउन सकिन्थ्यो होला तर त्यसो हुन पाउदैन ।
कम्पनीको विगतका वर्षहरुमा कतिसम्म न्युनतम मूल्य थियो तथा कतिसम्म अधिकतम मूल्य थियो त्यसको सामान्य जानकारिकालागि वर्णानुक्रम अनुसार केहि कम्पनीहरुको वास्तविक मूल्य एकपटक सरसरति हेराैं ।
- CHHIMEK LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( CBBL )
सन् २०११/०६/०२ का दिन रु.२३३/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०७/०४ का दिन रु.२,६८८/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१७/०१/३१ का दिन रु.८२९/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/१२/०२ का दिन रु.७५१/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१,५४५/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- CITIZEN INVESTMENT TRUST ( CIT )
सन् २०११/०७/०७ का दिन रु.४०५/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०७/०५ का दिन रु.५,६१०/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१८/१२/१३ का दिन रु.रु.१,५७७/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/१२/०९ का दिन रु.१,६७८/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/११/२२ का दिन रु.५,१००/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.४,९५०/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- EVEREST BANK LIMITED ( EBL )
सन् २०१२/०३/१३ का दिन रु.६५०/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/११/१७ का दिन रु.३,९२०/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/०२/१७ का दिन रु.५०१/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.७०२/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- FORWARD MICROFINANCE LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( FOWAD )
सन् २०१७/०५/२१ का दिन रु.१,०५१/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१७/०८/०३ का दिन रु.४,१४०/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/१२/३१ का दिन रु.१,०५५/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.२,०८५/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- HIMALAYAN BANK LIMITED ( HBL )
सन् २०११/०६/१५ का दिन रु.३८०/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०९/०६ का दिन रु.१,७१४/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/०२/१४ का दिन रु.४०८/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.६९९/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- LIFE INSURANCE CORPORATION NEPAL LIMITED ( LICN )
सन् २०११/०७/११ का दिन रु.४०७/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१४/०७/०८ का दिन रु.४,३०४/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/११/२५ का दिन रु.८९२/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१,९७०/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- NABIL BANK LIMITED ( NABIL )
सन् २०११/०३/२० का दिन रु.१,१६०/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१५/०८/२० का दिन रु.२,७९४/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/०६/२९ का दिन रु.५९४/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१,१४०/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- NEPAL INVESTMENT BANK LIMITED ( NIB )
सन् २०१२/०४/०५ का दिन रु.३५५/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०४/२० का दिन रु.१,२२४/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/०६/२९ का दिन रु.३३५/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.४९६/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- NEPAL LIFE INSURANCE COMPANY LIMITED ( NLIC )
सन् २०११/०९/१९ का दिन रु.५२५/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१४/०४/३० का दिन रु.५,७६०/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/०९/३० का दिन रु.७४९/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१,९५५/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- NIRDHAN UTTHAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( NUBL )
सन् २०१२/०८/२६ का दिन रु.१५१/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०७/०४ का दिन रु.२,६८०/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१८/१२/०५ का दिन रु.६८४/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१,२४३/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- SWABALAMBAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( SWBBL )
सन् २०११/०६/१६ का दिन रु.१५४/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०७/०४ का दिन रु.३,२२०/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/०२/१८ का दिन रु.७७०/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१,६६५/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- UNILEVER NEPAL LIMITED ( UNL )
सन् २०११/०९/०७ का दिन रु.४,७८१/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०५/०३ का दिन रु.३६,०००/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/१२/१७ का दिन रु.१७,१८५/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१९,७९९/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
माथि देखिएको विवरणहरुबाट शेयरको मूल्य विभिन्न कारणले गर्दा निक्कै उतार चढाव भएको स्पष्ट देख्न सकिन्छ । यस कारण शेयर बजारमा शेयरको न्यूनतम मूल्य कति हो ? अधिकतम मूल्य कति हो ? भनि कसैले पनि एकिनका साथ भन्न सक्दैनन् । त्यसैले अनुभव नभएका नयाँ लगानीकर्ताले शेयर बजारमा एकै पटक लगानीन गरि विभिन्न चरणहरुमा लगानी गर्नु पर्दछ भन्ने कुरा सधै हेक्का राख्नु पर्दछ ।
अब प्रश्न उठ्न सक्छ शेयर बजारमा कस्तो रकम लगानी गर्ने ? हामीले बैंकमा बचत तथा मुद्यति खातामा राखेको रकम मात्र शेयर बजारमा लगानी गर्नु पर्दछ । किनकि बैंकको बचत तथा मुद्यति खातामा राखेको रकमले जति व्याज आर्जन गर्छ त्यसको तुलनामा शेयर बजारमा राम्रा कम्पनीको शेयरमा लगानी गर्ने हो भने बैंकबाट प्राप्त हुने व्याज रकमको तुलनामा दुई तीन गुणा बढी रकमसम्म आर्जन गर्न सकिन्छ ।
शेयर बजारमा बैंकबाट ऋण लिएर अथवा घर जग्गा बेचेर लगानीगर्न उपयुक्त छ कि छैन भन्ने प्रश्न उठ्न सक्छ । शेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएकोले ऋण ल्याएर अथवा घर जग्गा बेचेर शेयरमा लगानी गर्न अत्यन्तै जोखिम हुन्छ ।
नयाँ लगानीकर्ताको अर्को एउटा ठुलो समस्या याे पनि हुन्छ । कुन शेयरमा लगानी गर्ने ? यो सबै भन्दा मूख्य कुरा हुनुका साथै चुनौतीपुर्ण कार्य पनि हो । अहिले शेयर बजारमा दुई सय पचास भन्दा बढी कम्पनीहरुको शेयर कारोवार हुन्छ । यसका लागी सम्बन्धित कम्पनीहरुको फण्डामेन्टल एनालेसिस लगायत धेरै कुराहरु हेर्नु पर्छ जुन नयाँ तथा अनुभव नभएका लगानीकर्ताहरुकाे लागि फलामको च्युरा सावित हुन्छ ।
केहि राम्रा कम्पनीहरु
AGRICULTURAL DEVELOPMENT BANK LIMITED ( ADBL )
CHHIMEK LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( CBBL )
CHILIME HYDRO POWER COMPANY LIMITED ( CHCL )
CITIZEN INVESTMENT TRUST ( CIT )
DEPROSC LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( DDBL )
FORWARD MICROFINANCE LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( FOWAD )
GLOBAL IME BANK LIMITED ( GBIME )
HIMALAYAN BANK LIMITED ( HBL )
HIMALAYAN DISTILLERY LIMITED ( HDL )
JANAUTTHAN SAMUDAYIC LAGHUBITTA BIKAS BANK LIMITED ( JSLBB )
LIFE INSURANCE CORPORATION NEPAL LIMITED ( LICN )
NABIL BANK LIMITED ( NABIL )
NEPAL BANK LIMITED ( NBL )
NEPAL INVESTMENT BANK LIMITED ( NIB )
NIC ASIA BANK LIMITED ( NICA )
NEPAL LIFE INSURANCE COMPANY LIMITED ( NLIC )
NATIONAL LIFE INSURANCE COMPANY LIMITED ( NLICL )
NMB BANK LIMITED ( NMB )
NATIONAL MICROFINANCE LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( NMFBS )
NEPAL REINSURANCE COMPANY LIMITED ( NRIC )
NIRDHAN UTTHAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( NUBL )
PRIME COMMERCIAL BANK LIMITED ( PCBL )
PRABHU BANK LIMITED ( PRVU )
RASUWAGADHI HYDROPOWER COMPANY LIMITED ( RHPL )
SIDDHARTHA BANK LIMITED ( SBL )
SHIVAM CEMENTS LIMITED ( SHIVM )
SANJEN JALAVIDHYUT COMPANY LIMITED ( SJCL )
SANA KISAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( SKBBL )
SURYODAYA LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( SLBS )
SWABALAMBAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( SWBBL )
UNILEVER NEPAL LIMITED ( UNL )
UPPER TAMAKOSHI HYDROPOWER LIMITED ( UPPER )
यि कम्पनीहरु मध्ये अति राम्रा कम्पनीहरु कसरि छनौट गर्ने भन्ने फेरि प्रश्न आउन सक्छ त्यसैले हालका लागि ति कम्पनीहरुले विगत वर्षहरुमा दिएको प्रतिफलका आधारमा छनौट गर्नुहोस । तपाइले केहि समय शेयर बजारमा सक्रियता भएर समय व्यतित गरेपछि तपाइले लगानी गर्नु भएको शेयरले दिने प्रतिफल तथा क्यापिटल गेन हेरेर केहि समयको अन्तराल पछि तपाई आफै दक्षहुनुहुनेछ ।
यदि तपाइ एक लाख रुपैया शेयर बजारमा लगानी गर्न चाहनुहुन्छ भने कुनै एउटा कम्पनी रोजेर एक लाख रुपैयाको वीस प्रतिशत अर्थात वीस हजार रुपैयाको शेयर किन्नुहोस । अनि हरेक दिन तपाईले किनेको शेयरको मूल्य तपाईले किनेको मूल्यको तुलनामा बढ्यो कि घट्यो भनेर हेर्नुहोस ।
यदि मानौ तपाइले ABC COMPANY को शेयर प्रति कित्ता १०० को दरले किन्नु भएको थियो तर अव एक छिनका लागि मानौ त्यसको मूल्य घट्न शुरु भयो भने कतिसम्म घटदै जान्छ हेर्दै जानुहोस । घटने क्रम एउटा विन्दुमा पुगेर फेरि बढ्न शुरु हुन्छ । यदि उक्त कम्पनीको शेयर ८५ वा सो भन्दा तल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको बीस प्रतिशत अर्थात बीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नु होस । फेरि बजार मूल्य घटेर ७० वा सो भन्दा तल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको बीस प्रतिशत अर्थात बीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नु होस । फेरि बजार मूल्य घटेर ५५ वा सो भन्दा तल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको बीस प्रतिशत अर्थात बीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नुहोस् । फेरि बजार मूल्य घटेर ४० वा सो भन्दा तल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको बीस प्रतिशत अर्थात बीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नु होस ।
यदि मानौ तपाइले ABC COMPANY को शेयर प्रति कित्ता १०० को दरले किन्नु भएको थियो तर अव एक छिनका लागि मानौ त्यसको मूल्य बढ्न शुरु भयो भने कतिसम्म बढ्दै जान्छ हेर्दै जानुहोस । बढ्ने क्रम एउटा विन्दुमा पुगेर फेरि घट्न शुरु हुन्छ । यदि उक्त कम्पनीको शेयर ११५ वा सो भन्दा माथिल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको बीस प्रतिशत अर्थात बीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नुहोस् । फेरि बजार मूल्य बढेर १३० वा सो भन्दा माथिल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको बीस प्रतिशत अर्थात बीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नुहोस् । फेरि बजार मूल्य बढेर १४५ वा सो भन्दा माथिल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको बीस प्रतिशत अर्थात बीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नुहोस् । फेरि बजार मूल्य बढेर १६० वा सो भन्दा माथिल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको बीस प्रतिशत अर्थात बीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नुहोस् ।
भनाईको तात्पर्य तपाइले किनेको शेयरको मूल्य घटे पनि वढे पनि Systematic Investment Plan (SIP Investments) अनुसार लगानी गर्नुहोस् । नयाँ र अनुभव नभएका लगानीकर्ताहरुकाे लागि यो नै राम्रो विकल्प हो ।
यदि तपाई दुई लाख रुपैया शेयर बजारमा लगानी गर्न चाहनुहुन्छ भने कुनै दुई वटा कम्पनीहरुमा माथि उल्लेख गरिए अनुसार SYSTEMATIC INVESTMENT PLAN (SIP INVESTMENTS) अनुसार लगानी गर्नुहोस । यदि तपाई चार लाख रुपैया शेयर बजारमा लगानी गर्न चाहनुहुन्छ भने कुनै चार वटा कम्पनीहरुमा माथि उल्लेख गरिए बमोजिम SYSTEMATIC INVESTMENT PLAN (SIP INVESTMENTS) अनुसार लगानी गर्नुहोस । यदि तपाइ सात लाख रुपैया शेयर बजारमा लगानी गर्न चाहनुहुन्छ भने कुनै सात वटा कम्पनीहरुमा माथि उल्लेख गरिए बमोजिम SYSTEMATIC INVESTMENT PLAN (SIP INVESTMENTS) अनुसार लगानी गर्नुहोस् । यसरी जति धेरै लगानी गर्न चाहानुुहुन्छ त्यहि अनुसार कम्पनी पनि धेरै छान्नुहाेस् । जति धेरै रकम लगानी गर्न चाहनु भएकाे छ त्यसरी नै रकम वाँडफाँड गरि माथि उल्लेख भए वमोजिम हरेक पटक बीस बीस प्रतिशतका दरले विभिन्न चरणहरुमा Systematic Investment Plan (SIP Investments) अनुसार लगानी गर्नुहोस ।
No comments:
Post a Comment