![]() |
| सन्तोष चालिसे |
बलिउडको चर्चित चलचित्र ‘दबङ’ नहेर्ने दर्शक कमै होलान् । ठ्याक्कै दबङ जस्तै फुर्तिला मेयर हुन्, सन्तोष चालिसे ।
गोकर्णेश्वर नगरपालिकाको मेयरका रुपमा निर्वाचित भएलगत्तै मेयर आफै मेलम्ची कार्यालय बन्द गर्न पुगे । गोकर्णेश्वर हुँदै पाईप जाने तर गोकर्णेश्वरवासीलाई खानेपानी किन नदिने भन्ने उनको प्रश्न थियो, त्यतिबेला । अन्ततः गोकर्णेश्वरवासीले मेलम्चीको पानी खान पाउने सहमति भयो । यि र यस्तै थुप्रै उदाहरणीय काम गरिसकेका उनै मेयर सन्तोष चालिसेलाई हामीले ‘आज के गर्नुभयो मेयरज्यू ’ भनेर सोधेका थियौं ।
आज ६ बैशाख २०७६ ।
मेयर चालिसे विहान ४ वजे उठे । शारीरिक व्यायामको लागि क्लब गए । बिहान पूजाआजापछी सेवाग्राहिसंग भेटघाट सुरु गर्छन ।
मेयर चालिसेले आज नौ बजे अन्तरबिधालय स्तरिय कराँते प्रतियोगिता उद्घाटन गरे ।
११ बजे उनकै कार्यलयमा अपाङ्ग मैत्री सार्वजनिक भवन, सडक बनाउनु पर्ने माग लिएर अपाङ्गता भएका व्याक्तिहरु उनलाइ पर्खेर बसेका थिए ।
करिब १२ बजे नगरपालिकामा खानेपालनी व्यावस्थापनको विषय लिएर काठमाडौ उपत्यका विकास प्राधिकरण पुगे ।
चार बजे शिक्षा समितिसंग विद्यार्थी भर्ना अभियानको प्रभावकारिता र अबको बाटो विषयमा छलफल गरे । मेयर चालिसेले साँझ विवाह भोजमा भोजमा सहभागिता जनाए ।
(मेयरको आजको दिनले भोलीको नगरको भविष्यको निर्धारण गर्छ । त्यसैले मेयरको सक्रियताको मापन गर्ने उद्देश्यले यो स्तम्भ सुरु गरिएको हो । – सम्पादक)
मेयर खबर डट कममा प्रकाशित

No comments:
Post a Comment