![]() |
| कार्यक्रममा सहभागीहरु |
मेयरज्यू, हाम्रो विद्यालय भवन कहिले बन्छ हावा, हुरी, वर्षा हुदा विद्यालय जान पाइदैन । पढाइमा बाधा भइरहेको छ । प्रतिस्पधाको युगमा हामि कसरी अगाडि बढ्न सक्छौ ? हामीले पढ्न पाएनौं, मेयरज्यू ।’ मण्डनदेउपुर नगरपालिकाको श्री तपेश्वर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा करुणा ढकालले प्रश्न गरिहरदा मेयर टोक बहादुर तामाङ् गम्भिर भएर सुनिरहेका थिए । ढकालले थपिन, भूकम्प गएको चार चार वर्ष पूरा हुदा समेत हाम्रो विद्यालयको भवन किन निर्माण हुन सकेन ? हामी कहिले राम्रो सफा कक्षा कोठमा बसेर पढ्न पाउछौ ?’ विद्यार्थी ढकालले प्रश्न गरिरहँदा निकै सोचमग्न रहेका मेयरले जवाफमा भने, अब छिटै तपाइहरुको विद्यालयका भवन निर्माण हुन्छ ।’
यो सवाल जवाफ बैशाख १२ गते देउमण्डनपुर नगरपालिकामा आयोजित ‘बालबालिकासँग मेयर’ टेलिभिजन कार्यक्रमको छायांकनका क्रममा भएको हो । हलमा करिब ७० जना बालबालिका र मेयर, उपमेयर बीच २ घण्टा छलफल भएको थियो ।
कार्यक्रमकामा महाकाली मावि कक्षा १० मा अध्ययनरत छात्रा अर्पना बजगाईले विद्यालयमा राजनीतिक संगठन हावी हुदै गएको बताइन । उनले विद्यालयमा अनावश्यक राजनीतिक संघ संगठन खोलि कार्यक्रम गर्ने गरेको बताइन। जवाफमा मेयरले आजका दिन देखि त्यस्ता कार्यक्रम नहुने आस्वासन दिए ।
विशाल तामाङले विद्यालय व्यवस्थापन समितिमा विद्यार्थीको पनि सहभागिता हुनुपर्ने विषय उठाए । उनले भने, त्यसले विद्यार्थिका अपेक्षा पनि विद्यालय तथा अविभावक सम्म पुर्याउन सकिने थियो । कार्यक्रममा सहभागि नित्तिकार्यकारी अधिकृतले नगर कार्यपालिकासंग छलफल गरि त्यो व्यवस्था गर्न सकिने बताए ।
कार्यक्रममा अधिकांश बालिकाहरुले महिनावरी हुदा प्याडको व्यवस्था हुनुपर्ने विषय उठाएका थिए । यो समस्याको समाधान छिटै हुने उपमेयर निर्मला शाहीले बताएकी थिन् ।
कार्यक्रममा बालबालिकाहरुले यस्ता कार्यक्रमहरु धेरै हुने भएपनि अनुगमन नगरिदिंदा बालबालिका सँधै बोलिरहने र सरोकारवालाबाट केही नहुने भन्दै भन्दै गुनासो गरेका थिए । जवाफमा कार्यक्रम सञ्चालक तथा प्रमुख कार्यकारी निर्माता शिव अधिकारीले बालबालिकाले उठाएका मुद्दालाई विगतमा पनि निरन्तर अनुगमन गरी कार्यान्वयन भएको प्रतिबद्धता र हुन नसकेको विषयलाई यथार्थरुपमा देखाइने गरिएको भन्दै मण्डनदेउपुर नगरको कार्यक्रमलाई पनि अनुगमन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हरेक शनिबार विहान ८ः३० र ११ः३० बजे न्यूज २४ टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘बालबालिकासँग मेयर’ टेलिभिजन कार्यक्रम अन्तर्गत बैशाख २१ गते मण्डन देउपुर नगरपालिकामा छायांकन गरिएको कार्यक्रम प्रशारण हुने कार्यक्रमका जनसम्पर्क प्रमुख प्रशन्न ढुंगानाले जानकारी दिए ।
मेयर खबर डट कममा प्रकाशित

No comments:
Post a Comment