१. टाइम्स पर्सन अफ दि इयर–२०२० घोषित हुन सफल व्यक्तित्व को हुन् ?
👉 अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस
२. सन् २०२० जनवरी १२ मा नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता प्राप्त गर्ने विदेशी व्यक्तित्व को हुन् ?
👉 उम डङ्गिल
३. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान नाष्टद्वारा निर्माण गरिएको पहिलो ‘ह्युमोनोइड एआई रोबोट’ कुन हो ?
👉 यान्त्रिका रोबोट
४. अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस कहिले मनाइन्छ ?
👉 डिसेम्बर ५
५. निजामती सेवामा रहेको आरक्षणसम्बन्धी व्यवस्था कति वर्षमा पुनरावलोकन गर्नुपर्ने प्रावधान रहेको छ ?
👉 प्रत्येक १० वर्षमा
६. ‘इतिहास विना राजनीतिको कुनै जरा हुँदैन र राजनीतिविना इतिहासको कुनै फल हुँदैन’ भन्ने विद्वान् को हुन् ?
👉 सीले
७. नेपालको संविधान (२०७२) अनुसार शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा कसमा हुनेछ ?
👉 मन्त्रिपरिषद्
८. राना थारूलाई आदिवासी जनजाति सूचीमा समावेश कहिले गरिएको हो ?
👉 विसं २०७७ जेठ ५ यो सँगै आदिवासी, जनजातिको सूचीमा सूचीकृत सङ्ख्या ६० पुगेको
९. अमेरिकाको प्रतिष्ठित सम्मान लिजन अफ मेरिट’ अवार्डबाट सम्मानित राजनीतिज्ञ को हुन् ?
👉 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
१०. निजामती कर्मचारीहरूले एकै प्रकारको पोसाक लगाउनुपर्ने व्यवस्था कहिलेदेखि गरिएको हो ?
👉 विसं २०६८ साउन १
११. नेपालको कुन ठाउँमा सहकारी सङ्ग्रहालय स्थापना गरिने भएको छ ?
👉 चितवन (नेपालकै पहिलो सहकारी संस्था ‘बखान बहुउद्देश्यीय सहकारी संस्था’ हो ।)
१२. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) को पहिलो शाखा कहाँ विस्तार गरिएको छ ?
👉 महेन्द्रनगर
१३. विश्वको सबैभन्दा पुरानो टेनिस प्रतियोगिता कुन हो ?
👉 विम्बल्डन टेनिस प्रतियोगिता (सन् १८७७ मा अल इङ्ग्ल्यान्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलो पटक खेलिएको ।)
१४. काठमाडौँको चोभारमा निर्माण गर्न थालिएको सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा कुन अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्ने भएको छ ?
👉 विश्व बैङ्क
१५. बहुमूल्य धातुु रत्न, पत्थर कटिङ तथा पोलिसिङका लागि कुन–कुन जिल्लामा रत्न पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना गरिएको छ ?
👉 धादिङ, सुर्खेत र डोटी
१६. सर्वोच्च अदालतले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदनको समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ?
👉 राष्ट्रपति
१७. नयाँ राष्ट्रिय स्वास्थ्य नीति कहिले सार्वजनिक भएको हो ?
👉 विसं २०७६ असार १६
१८. नाइजेरियामा गएको एक दशकमा आतङ्कवादी गतिविधिका कारण कति नागरिक बेपत्ता हुन पुगेका छन् ?
👉 २२ हजार
१९. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न भयो ?
👉 नेपाल (सन् २०२० मार्च)
२०. जलविद्युत् क्षेत्रको विकासमा विदेशी लगानी भित्र्याउन अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा हुने जोखिम न्यूनीकरण गर्न स्थापना गरिएको फण्ड (कोष) लाई के भनी चिनिन्छ?
👉 हेजिङ फण्ड
२१. एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्ताव उपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ?
👉 पु्रक वातावरणीय प्रभाव मूल्याङ्कन
२२. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
👉 विसं २००२ असोज १ (नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी विसं २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए । पहिलो पटक रु.१ सय, रु.१० र रु.५ दरका कागजी नोट जारी गरिएको थियो ।–सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटहरूमा दस्तखत गर्ने खजान्ची जनकराज थिए ।)
२३. प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिष्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ प्राप्त गर्ने नेपाली एयरलाइन्स कुन हो ?
👉 हिमालय एयरलाइन्स
२४. क्यानडाको फ्रेजर इन्स्टिच्युट र समृद्वि फाउन्डेसनको सहकार्यमा सार्वजनिक (सन् २०२० सेप्टेम्बर १० मा) आर्थिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन–२०२० मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
👉 १०९औँ (१६२ देश समेटीएको) उत्कृष्ट हङकङ, सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएको मुलुक प्रजातान्त्रिक गणतन्त्र कड्ढो,
२५. औद्योगिक व्यवसाय ऐन–२०७६ अनुसार आफ्नो उत्पादनको कति प्रतिशत भन्दा बढी निर्यात गर्ने उद्योगलाई निर्यातमूलक उद्योग भनिन्छ ?
👉 ४० प्रतिशत (ऊर्जामूलक उद्योग बाहेक) ।
२६. सरकारले किसान वर्गीकरण परिचयपत्र वितरणका लागि पहिलो चरणमा छनोट गरेका (सात प्रदेशका एक एक) जिल्ला कुन–कुन हुन् ?
👉 झापा (प्रदेश–१), पर्सा (प्रदेश–२), काभ्रे (बाग्मती), कास्की (गण्डकी), कपिलवस्तु (प्रदेश–५), सुर्खेत (कर्णाली) र कञ्चनपुर (सुदूरपश्चिम)
२७. प्रशासकीय अदालत ऐन–२०७६ अनुसार सर्वोच्च अदालत वा प्रशासकीय अदालतमा परेको पुनरावेदनको टुड्ढो नलाग्दै पुनरावेदन दिने व्यक्ति सेवाबाट अवकाश भएमा वा निजको मृत्यु भएमा सो पुनरावेदनसम्बन्धमा के व्यवस्था रहेको छ ?
👉 पुनरावेदन खारेज नहुने (अन्तिम किनारा गर्नुपर्ने)
२८. सर्वप्रथम एटीएम कार्ड सेवा सुरुवात गर्ने बैङ्क एभरेष्ट बैङ्क हो भने इन्टरनेट बैङ्किङ सुरुवात गर्ने बैङ्क कुन हो ?
👉 कुमारी बैङ्क (क्रेडिट कार्ड सुरुवात गर्ने पहिलो बैङ्क ः हिमालय बैङ्क)
२९. सार्वजनिक निकायले सेवाग्राहीलाई सूचना प्रदान गर्न अनिवार्य रूपमा सामाजिक सञ्जालको प्रयोेग गर्नुपर्ने व्यवस्था कहिलेदेखि लागू गरिएको हो ?
👉 विसं २०७५ साउन २८
३०. बजेट तर्जुमाका लागि सातवटै प्रदेशमा मन्त्रालयगत बजेट सूचना प्रणाली प्रयोगमा ल्याउनेसम्बन्धमा मन्त्रिपरिषद्बाट स्वीकृति कहिले भएको हो ?
👉 विसं २०७६ वैशाख ५ (आव २०७६/७७ देखि)

सामान्य ज्ञान
ReplyDelete