१) हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला !
२) हत्केलामा तोरी उम्रदैन !
३) हिराको मोल किराले जान्दैन !
४) हेर्दाको
राम्रो, दिन खानको चाम्रो !
५) हल्लिएको
दाँत एकदिन फुक्लन्छ !
६) हाँसी
हाँसी कसेको गाँठो रोई रोई फुकाउनु पर्छ !
७) हर्रो
नपाउनेलाई जाईफल !
८) हँसियाको
बिहेमा खुर्पाको गीत !
९) सुघरी
स्वास्निको पोइ मोटाउछ, फोहोरी
स्वास्निको कुकुर मोटाउछ !
१०) सिपाहिको
काम छैन, जर्नेलको मान !
११) सालीको
आशमा भिनाजुको बनिबास !
१२) सम्धीको
निहुँले मलाई पनि घिउले !
१३) संगैका
साथि सिँहदरबार माथी !
१४) संगै बसी
सुती सकि, लाज मान्दै घुम्टो
कसी !
१५) सत्रु
पछ्याउने भाई, तन्नेरी पछ्याउने
बुहारी !
१६) सबै
कुकुर काशी गए गु केले खाला !
१७) शिरमा
टोपी छैन, खुट्टामा खोल !
१८) शुक्र
उदाए, फर्सी कुदाए !
१९) शुरोको
मुखमा काँडाले कोर्दैन !
२०) बचनको
चोट, मनको घाउ !
२१) बिना
चालले कुकुर भुक्दैन, मुलाको
ड्याङ्गमा हात्ती लुक्दैन !
२२) बैरो
हाँसे, पैरो चल्छ !
२३) लानेलाई
भन्दा जानेलाई हतार !
२४)
लालमायाको त पत्तै छैन, खस्रे कामिको
खसखस !
२५) लौरो
टेके भर हुन्छ, कान्छी ल्याए घर
हुन्छ !
२६) लजालु
बुहारी, असनको डेरा !
२७) लक्का
छोरोलाई के को धक्का !
२८) राडिको
घरमा पोइको के खाँचो !
२९) राजाको
घरमा नुन को दु:ख !
३०) रावण
मरेर लंका खाली हुँदैन !
३१) रात
राम्रो जुनले, मान्छे राम्रो गुनले
!
३२) रिसको
झोकमा कसले बेद पढ्छ !
३३) युद्धको
बेलामा बुद्धको पुराण काम लाग्दैन !
३४) मर्दको
जुँगासँग आगो पनि हच्किन्छ !
३५) मागेको
गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो !
३६)
माग्नेलाई तातो भात !
३७) माकुराको
जाल झिंगाको काल !
३८) मकैको
रोटीमा घिउ हाल्न र माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ !
३९) मरी जाने
चोला, उडी जाने सास !
४०) भोको
पेटलाई तातो खिर !
४१) भाउजुले
पोलेको देवर, बुहारीले पोलेको
ससुरो !
४२) भाउजुको
देवर तन्नेरी !
४३) भरि
गाग्रो छ्चल्किन्न !
४४) भाई भए
भरोस, गाई भए गोरस !
४५) भंगेरो
मार्न सजिलो हुन्छ, भुत्ल्याउन
गाह्रो !
४६) बँदेल
जति मोटायो उति मुखमा साँगुरो !
४७) बालुवा
निचरेर तेल आउदैन !
४८) पाँच
पैसाको ल्वांग छैन, दश पैसाको स्वांग !
४९) पानीमा
बसी गोहीसंग दुस्मनी !
५०) पाडो
खानेले बाच्छो राख्दैन !
५१) नसो
पस्यो, माया बस्यो !
५२)
नभेटुन्जेल उसैको पिरलो, भेटे पछि
कुकुर र बिरालो !
५३ नठिनिको
नाठो काख छउन्जेल आफ्नो !
५४)
नबोल्नेको कोहि पनि बैरी हुदैन !
५५) धन कमाई
धाक, साथी कमाई लाख !
५६) दिउ आफु
रित्तो, नदिउ इष्टको मुख
बाङ्गो !
५७) दुबो
मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु !
५८) दाहिने हातले
खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो !
५९) दरबारमा
जन्मदैमा सबैजना राजा हुदैनन् !
६०) दमाइको
लुगामा तुना छिनेको !
६१) दाजुको
चिउरा, भाउजुको खटन !
६२) थैली
बलियो भए साथीको के कमि !
६३) तालिममा
पसिना बगाउनेले लडाईंमा रगत बगाउन पर्दैन !
६४) तिम्रो
पोइ लोते लोते, कसले दियो पोते !
६५) तेर्सो
बाटोलाई फेरो नभन्नु, सौते पोइलाई
मेरो नभन्नु !
६६)
तातोपानीले घर डढदैन !
६७) तिहारको
ज्वाईं, श्राद्ध को सालो !
६८)
तन्नेरीको साथमा तरुनीको नासो !
६९) तँ आउदा
महि पाइनस , तेरो कमारी पठाइदे
दहि दिउला !
७०) ढिकीले
स्वर्गमा पनि धानै कुट्छ !
७१) डाँकाले
खाएको धन,आगोले खाएको बन !
७२) डरलाग्दा
मान्छेका घिनलाग्दा कुरा !
७३) डराउने
मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ !
७४) ठेस
लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने
जमानी बस्नु !
७५) ठुलो
गाँस नहाल बुहारी, कष्ठश्री छिन्ला !
७६) ठाडो
टिका लाउछे, स्वामी कहाँ धाउछे !
७७) टुपी
समाएर गालामा चड्कन !
७८) टोपी न
सोपी,कपाल केले छोपी !
७९) टाढाको
देउता, करेसाको भुत !
८०) झिङ्गो
मारि धार्नी न बिसौली !
८१) झड्केलो
छोराछोरी, खढ्कुलाको भात !
८२) जान्नु न
सान्नु थुतुनो मात्रै तान्नु !
८३)
जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन !
८४) जाँड
बिग्रने मोर्चा गुना, छोराछोरी
बिग्रने आमा गुना !
८५) जसकी आमा
भान्छे, उसको छोरो भोकै !
८६) जति
सुम्सुम्यायो उति ठाडो !
८७) जुन आस
लाग्दो उही जेठाजु !
८८) छोरीको
बैंस बाबुले होइन, अरुले देख्छ !
८९) छाडेको
पोइ र हिडेको स्वास्नीको नाम कसले लिन्छ !
९०) छालो
जाला तर कालो जादैन !
९१) छेपारोको
मन्त्र नजान्ने, साँपको दुलाँ हात
घुसार्ने !
९२) चिताले
मरेपछि जलाउछ, चिन्ताले जिउदै
जलाउछ !
९३) चिनाको
भात भातै होइन, स्वास्नीको जात जातै
होइन !
९४) चिनीको
नाम जपेर मुख गुलियो हुदैन !
९५)
चण्डाललाई रुद्राक्षको माला !
९६) घरमा छैन
तेल, खान खोज्छ सेल !
९७) घर
नखाएको छोरि, प्रदेश नखाएको छोरो
!
९८) गिद्धको
सामु कौवाको पखेटा !
९९) गहिराको
घरलाई पहिराको डर, डाँडाको घरलाई
जाडाको डर !
१००) गधाको
भारी नपुगी उठ्दैन !
१०१) गोठालोको
बुद्धि भैसीको थुनमा !

No comments:
Post a Comment