Wednesday, 22 July 2020

प्रेम पत्र

प्रिय मान्छे,
भावना, संवेगहरु दृष्य हुदैनन् । अदृष्य हुन्छन् । अदृष्य शक्ति कति शक्तिसालाशी हुन्छ तिमी सहजै अनुमान गर्न सक्छ्यौं । प्राणवायु, सूर्यको ताप, इश्वरीय शक्ति यी सबै अदृष्य शक्ति हुन् । यी भन्दा कयौं गुण शक्तिशाली हुन्छ विश्वास । भावनात्मक सम्बन्ध विश्वासमा अडेको हुन्छ । आपसि सहमति नै हाम्रो विश्वस हो ।

प्रिय मान्छे,
मान्छेहरु एकै नजरमा माया बस्यो भन्छन् तर हाम्रो त्यस्तो कहिल्यै भएन् । हाम्रो सम्बन्ध दृष्टिकोणमा अडिएको छ । दृष्टिकोणमा विश्वास हुन्छ । विश्वास सत्य हुन्छ, सामाजिक विज्ञानको सिद्धान्त जस्तै । विश्वस कस्लाई गर्ने ? कसरी गर्ने ? त्यो दृष्टिकोणमा भर पर्छ । तिमीलाई थाहा छ–  सर्पले आफ्नै नवजात सन्तानलाई खाइदिन्छ, उता माकुराले आफ्नो जालोमा परि जन्मदिने आमालाई सिकार बनाउछ । अब तिमी कस्लाई विश्वस गर्छाै ? आमालाई वा सन्तानलाई । यहि हो वास्तविकता । हामिले कसलाई, कसरि, कहिले कति विश्वास गर्ने त्यो दृष्टिकोणमा भर पर्छ । विश्वास सत्य हो । विश्वास तथ्यपरक हुन्छ । वाचाकसम क्षणिक विश्वास हो भने सत्यताले कसमको पुष्टि गर्दछ र त्यहि विश्वास हो  । त्यसैले लाग्छ हामि ‘विश्वास’ लाई विश्वास गर्ने मान्छे हौं ।
पहिलो पटक तिम्रो फोन नम्बर डायल गर्दा हात काँपेका थिए । मुटुको स्पन्दन छिटोछिटो चलेको थियो । शरिरमा चिटचिट पसिना निस्केका थिए । मंसिर मै काठमाडौंको मौसममा प्रतिकुलता आए जस्तो । पहिलाे पटक तिमिले– ‘हेलो’ भनेपछि  प्रतिउत्तर पनि ‘हेलो’ नै थियो । त्यसपछि म अकमकाएको थिएँ । हर्ष भनु या अरु कुनै विष्मय ?? केहि बेरमै नबोली फोन काटें । त्यसपछि हरेक दिन कुरा हुन थाले । सुरुका दिनहरुमा एक मिनेट बोल्न दश मिनेट सोच्नु पर्ने । त्यस पछि समय एकनास रहेन । समय मेरो मात्रै पनि रहेन । यो समय हाम्रो हुन थाल्यो अर्थात तिम्रो र मेरो । त्यसपछि हरेक दिन, हरेक घण्टा कुरा हुन थाल्यो । त्यो समय दैनिक अठार घण्टा कुरा हुन्थे । पाँच घण्टा सपनाको हुन्थ्यो । अक्सर सपनामा पनि संगै । कुरा गर्दा लाग्थ्यो समय ‘यहि रोकियास् ।’ तर म समय जति बलवान थिएन् । तिमी वास्तविक कुरा सुनाउथ्यौं । विश्वसिला कुरा हुन्थे । त्यहि विश्वासलाई त हामिले प्रेमको संज्ञा दिएका छौं । यहि विचमा हाम्रा प्रेम, दर्शन, आदर्श, भविष्यका कुरा हुन्थें र भए । कुरै कुरामा हामि एक अर्कामा समाहित हुन्थ्यों । विलय हुन्थ्यौं । हामि आफुलाई विर्सन्थ्यो । संगै पूरा रात विर्सन्थ्यौं, दिन विर्सन्थ्याैं । आफ्नै छातीमा दुः ख रोप्थ्यौं । त्यसको उपचार पनि आफै खोज्थ्यौं । म तिमीलाई दुः ख दिन्थें । तिमी मलाई समस्या दिन्थ्यौं । धेरै दुः ख आँसुसंगै बगेका छन् । ‘समस्या’ कहिल्यै समास्या रहेनन् । नजानेरै धेरै समस्या समधान भएका छन् । तिम्रा पिडा कम भएको महसुस गरेको छु । हिजोको भविष्य वा आजको वर्तमानमा तिमीलाई मेरो भावनामा विश्वासको कडिले संगै जोडेर हिडेको छु । मान्छेलाई प्रेमले सृजनशिल बनाउछ । त्यहि एउटा अदृष्य शक्ति जसले मलाई पनि शक्तिशाली बनाएको छ । तिमीले दिलाएको हौसला, आँट, साहसले केहि हदसम्म सफल पनि भए, लाग्छ तिमीसंग भएपछि चाहेको पूरा गर्न सक्छु, खोजेको पाउन सक्छु । त्यहि आशा, भरोशाले भविष्यको मार्ग चित्र तयार गरेको छु । जानेर या नजानेर सुन्दर संसारको परिकल्पना भावी योजना तयार भइसकेका छन् । अँझै धेरै होलान् अव्यक्त सपनाहरु । खुल्दै जालान समयसंगै जस्तो जून अस्ताए पछि सूर्यको आगमन हुन्छ । 

प्रिय मान्छे,
विश्वासमा अडिएको सपनालाई अब आँखाको नानीमा राख्नु छ । संगै देखेका सपनाहरुलाई मूर्त रुप दिनु छ । बाचाकसमलाई पुरा गर्नु छ । वास्तविकतालाई अंगाल्नु छ । धेरै कुरा बाँकि नै छन् । अमुख ती तस्विरसंग धेरै कुरा गरेको छु, अब त्यो आफ्नै विम्वमा ढालेर हेर्नु छ । आफ्नै आकृति कस्तो देखिन्छ आँखाको नानीमा राखेर हेर्नु छ ।

तिमिलाई माया गर्ने मान्छे ।

No comments:

Post a Comment