Saturday, 13 June 2020

विश्वका प्रमुख विनाशकारी वित्तीय संकट

सन् १७७२ को निक्षेप संकट
यो निक्षेप संकट लन्डनबाट सुरु भएर युरोपभर फैलिएको थियो। सन् १७६० को दशकमा ब्रिटिस साम्राज्यले उपनिवेश र व्यापारबाट अथाह सम्पत्ति बटुलेको थियो। त्यसबाट हौसिएर अधिकांश ब्रिटिस बैंकले कर्जा प्रवाहमा व्यापक लगानी विस्तार गर्‍यो
महामन्दिकाे समयमा
तर
जब ब्रिटिस बैंकका एक साझेदार अलेकज्यान्डर फोर्डिस आफूले बैंकबाट लिएको कर्जा नतिरी फ्रान्स भागेत्यो खबर आगोजसरी फैलियोसबै निक्षेपकर्ता डराएर पैसा झिक्न लागे। बैंकका अगाडि लामो लाइन लाग्न थाल्यो। यसको प्रभाव स्कटल्यान्डनेदरल्यान्ड हुँदै बाँकी युरोपमा पर्‍यो


द ग्रेट डिप्रेसन अफ १९२९३९ 
यो २०औँ  शताब्दीको सबैभन्दा खराब वित्तीय एवं आर्थिक विपत्तिमा पर्छ। ग्रेट डिप्रेसन सन् १९२९ मा वालस्ट्रिटमा सेयर बजारको क्र्यासबाट सुरु भएको थियो। त्यसपछि कमजोर अमेरिकी नीतिले मलजल गर्यो। ग्रेट डिप्रेसन लगभग १० वर्ष रह्यो। त्यसवेला बेरोजगारीको दर कीर्तिमानी बिन्दुमा पुगेको थियो। सन् १९३३ मा अमेरिकामा बेरोजगारी दर २५ प्रतिशत थियो भने जिडिपी ३० प्रतिशतले ऋणात्मक थियो

द ओपेक आयल प्राइस सक अफ १९७३
चौथो अरबइजरायल युद्धमा इजरायललाई हतियार पठाउने अमेरिकी कदमविरुद्ध ओपेकका (खासगरी अरब) मुलुकले चालेको प्रतिरोधी कदमले यो संकटको सिर्जना गरेको थियो। ओपेकले एकाएक अमेरिका र उसका सहयोगी मुलुकलाई तेल निर्यात रोकिदिए। यसले ती मुलुकमा तेलको हाहाकार भयो र मूल्य अकासियो। अमेरिकालगायत प्रमुख विकसित मुलुक आर्थिक मन्दीमा धकेलिन पुगे। ती मुलुकमा उच्चस्तरको स्फीति भयोआर्थिक वृद्धि अवरुद्ध बन्यो 


सन् १९९७ को एसियाली वित्तीय संकट
यो संकट सन् १९९७ मा थाइल्यान्डबाट सुरु भएर पूर्वी एसियाका बाँकी मुलुक र थाइल्यान्डका व्यापार साझेदारहरूसम्म विस्तारित भएको थियो। पूर्वी एसियाली मुलुक थाइल्यान्डइन्डोनेसियामलेसियासिंगापुरहङकङ र दक्षिण कोरियामा विकसित मुलुकले अन्धाधुन्ध लगानी प्रवाहित गरे। यी मुलुकले उत्साहित भएर अथाह ऋण लिए। यही ऋणले संकट ल्यायो। सन् १९९७ मा थाई सरकारले अमेरिकी डलरसँगको स्थिर विनिमय दर त्याग्नुपर्ने स्थिति पैदा भएको थियो। यसबाट एसियाली वित्तीय बजारमा हाहाकार मच्चियो र  अर्बौं डलरमा वैदेशिक लगानी फिर्ता हुन थाल्यो। पूर्वी एसियाली मुलुक टाट पल्टिन सक्ने खतराबाट डराएर लगानीकर्तामा छटपटी बढ्दा त्यो विश्वव्यापी वित्तीय संकटका रूपमा फैलिएको थियो। यो अवस्था सामान्यीकरण हुन दुई वर्ष लागेको थियो

सन् २००७०८ को वित्तीय संकट 
यो संकटलाई सन् १९३० को गे्रट डिप्रेसनपछिको सबैभन्दा ठूलो मन्दी भनिन्छ। यसलाई महामन्दी पनि भन्ने गरिएको छ। यो समयमा विश्वको वित्तीय बजार अस्तव्यस्त बनेको थियो। अमेरिकामा घरजग्गाको ध मूल्य फोका फुट्दा लेम्यान ब्रदर्स (विश्वकै ठूलो इन्भेस्टमेन्ट बैंक) धराशायी बन्न पुगेको थियो। यो संकटले कैयैँ महत्वपूर्ण वित्तीय संस्था र व्यवसायलाई पतनको संघारमा पुर्‍याएको थियो। रतिनलाई सरकारले उद्धार गर्नुपरेको थियो। यो संकट सामान्य अवस्थामा फर्किन एक दशकभन्दा बढी लागेको थियो। यसबाट  खर्बौँ डलरको सम्पत्ति र करोडौँ रोजगारी गएको थियो

साभार: नयाँ पत्रिका

No comments:

Post a Comment