भौगोलिक विकटताको चुनौती खेपेको अछामको पञ्चदेवल विनायक नगरपालिका लामो समयसम्म द्धन्दबाट प्रभावित भएको नगरपालिका पनि हो । द्धन्दको प्रभाव सँगैैँ बिकासको नाममा पनि पछी परेका पञ्चदेवलबासी आफ्नो ठाँउ नगरपालिकाको रुपमा घोषित हुँदा मात्रै पनि निकै हर्षित भएका थिए ।
संघिय व्यवस्था भइसके पश्चात बिकास भनेको स्थानिय तहमै जाने हो । सामान्य पूर्वाधार सम्म बिकास नभइसकेको स्थानमा नगरबासिले नगरपालिका आएपश्चात कस्तो अनुभव गरेका छन् रुजनताका अपेक्षा के के छन् रु नगरपालिकालाइ के कस्तो चुनौती छ रु यी र यस्तै विषयमा केन्दि्रत रहेर सहकर्मी रमेश ढुङ्गानाले अछाम पञ्चदेवल नगरपालिकाका मेयर देब राज देबकोटा सँग गर्नुभएको कुराकानीको सम्पादित अंशः
निर्वाचन भएको आधाउधी समय करिब विताइसक्नु भएको छ ।यस बिचमा गर्नुभएको महत्वपूर्ण कामहरुको समिक्षा गर्दिनुस्न ?
महत्वपूर्ण काममा हामीले पहिलो प्राथमिकता सडकलाइ नै दिएका छौँ । हाम्रो नगरपालिका हाम्रै कार्यकालमा पहिलो चोटी नगरपालिकाको रुपमा परिणत भयो । त्यो भन्दा पहिले विकासका पूर्वाधाार थिएन ।सडक नभएसम्म कुनै पनि विकास नहुने भएकोले हामीले नौ वटै वडा कार्यलयमा पहिलो ,दोस्रो र अहिलेको तेस्रो बजेट पनि त्यसैलाइ केन्दि«त बनाएर वितरण गर्यौँ र सडकको पहुँच पुगेको छ ।
सडकको पहुँच त पुग्यो तर नगरपालिकाले बस्तु आयात मात्रै गर्दा विकास होला र त्यसरी रु निर्यात गर्ने चाँही के कस्ता बस्तुहरु उत्पादन गर्नुभएको छ ?
अहिले सम्म तपाइले भनेको जस्तै हरेक कुरो हामीले आयात मात्रै गर्नुपरेको छ ।अब निर्यातको लागि कृषि मात्रै सम्भव छ हाम्रो नगरपालिकाबाट । त्यसैले जहाँ जहाँ पानिको श्रोत छ हामीले हरेक वडालाइ एउटा कृषि पकेट क्षेत्र भनेर त्यसको लागि बजेट पनि छुट्याएका छौँ ।कृषकहरुलाइ तालिम दिएका छौँ । सम्भवत अब एक दुइ बर्षमा कृषिजन्य पदार्थहरुको हामी निर्यात गर्छौँ ।त्यसको लागि हामी लागि परेका छौँ । जस्तो बाख्रापालनको लागि बिकासी खसीहरु हामीले वितरण गर्यौँ ।कृषकहरुलाइ कुखुरा पनि दिएका छौँ ।उन्नत जातको बिउ बिजक र फलफूलका बिरुवा वितरण गरेर कृषिजन्य वस्तुको निर्यात गर्ने उद्देश्यमा छौँ ।
पञ्चदेवल नगरपालिका द्धन्द बाट ग्रसित एउटा नगरपालिका पनि हो त्यसका अवशेषहरु अझै पनि छन् ।जनयुद्ध कालमा जे जस्तो आश्वासन दिइएको थियो त्यस्तो विकास हुनसकेको छैन अहिले जनताले बिशेष के कस्ता अपेक्षा गर्छन् ?
संघिय व्यवस्था भइसके पश्चात बिकास भनेको स्थानिय तहमै जाने हो ।सिंहदरबारको अधिकार गाउँमा भनेको जस्तै जनताहरुको आशा त ठूलो छ ।अहिले नै सडक पिच हुनुपर्यो अहिल्यै अस्पतालको व्यवस्था हुनुपर्यो ,अहिले नै राम्रो पढाइ लेखाइ हुनुपर्यो रोजगारी पनि हुनुपर्यो ।सबै कुरा चाँही नगरपालिकाले नै परिपूर्ति गर्नुपर्छ भन्ने सोच छ । विकास भन्ने कुरो सबै सोचे जती सम्भव छैन तर हामीले यो साँढे दुइ बर्षमा जति गर्यौँ यो विस बर्ष अगाडि नभएको काम सबै भएको छ । सम्भवतः हाम्रो कार्यकालमा स्थानिय तह , मुलुकले धेरै काँचुली फेरी सकेको हुनेछ ।
एउटा जनप्रतिनिधि पनि नभएको अवस्था, द्धन्दमा ग्रसित भएको, विकासका कामहरु, वडा सचिव, प्रशासकले गर्नुपथ्र्यो । यस विचमा स्थापना भएको नगरपालिकामा बिभिन्न खालका समस्या चुनौती त हुन्छन् नै ।नगरपालिकाले के कस्ता समस्या भोगेको छ ?
सबैभन्दा द्धन्दको ठूलो समस्या झेलेकै अछाम हो । मान्छेले धेरै आकंक्षा राखेका छन् । हामी द्धन्द प्रभावित पनि हो ,हामीलाइ विकास पनि छैन ।नगरपालिकाले सबै अभावको समाधान गर्नुपर्छ भन्ने सोच छ । हाम्रो के छ भने कर्मचारीको समस्या ठूलो भएको छ । आजको मिति सम्म पनि हामी सँग प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्न ।६५ ७० जना कर्मचारीको दरबन्दी छ नगरपालिकामा । हामीसँग कर्मचारी नै छैनन् ।हामीले काम चलाउ गरेका छौँ ।सरकारले पनि यो नगरपालिकालाइ जुन हेर्ने दृष्टिकोण छ यो सरकारलाइ पनि थाहा छ । पटक पटक मन्त्रीज्यू सचिवज्यू लाइ पनि भन्यौँ । यो कर्मचारीका समस्या समाधान नगर्दिएका कारण हामीले सोचेजस्तो काम गर्न सकेका छैनौँ ।
कृषि क्षेत्रलाइ विकासको मेरुदण्ड भनिन्छ ।कृषि क्षेत्र उकास्न तपाइको नगरले के के गरिराखेको छ ?
सडक पछि कृषिलाइ नै हामीले यो पालीको बजेटमा केन्दि«त गरेका छौँ । कृषि पकेट क्षेत्र जहाँ बाह्रै महिना पानिको सुविधा हुन्छ त्यो क्षेत्रलाइ छुट्याएर माटो परिक्षण गरेर त्यसको माध्यमबाट फलफुल लाउने हो की तरकारी लाउने हो की अन्नबाली रोप्ने हो की । के गर्दा त्यसको प्रतिफल आउँछ हामीले भूगोल हेरेर कहीँ बदाम रोप्ने कहीँ अलैचीँ रोप्ने व्यवस्था गरेका छौँ ।यी कुरालाइ ध्यान दिएर कृषिलाइ हामीले मुख्य योजनामा राखेका छौँ ।
परापूर्व काल देखि सुदुरपश्चिमका युवाहरु भारत गएर ज्याला मजदुरी गरेर खाने अवस्था थियो । अझैपनि कतिपय अवस्था त्यस्तो छ । त्यहाँका स्थानिय यूवाहरुलाइ यहिँ बसेर केहि गर्नुपर्छ भन्ने भावना बिकास गर्नका लागि तपाइले के कस्ता योजना अगाडि बढाइराख्नु भएको छ ?
त्यसको लागि हामीले पढाइ सम्बन्धि हेर्दाखेरी प्लस टु, व्याचलर भन्दा पनि हामीले व्यवसायिक तालिम, कृषि, जेटिए सम्बन्धि बन, सम्बन्धि प्राविधिक शिक्षा खोलेका छौँ ।सीपमुलक फर्निचर सम्बन्धि तालिम, सीलाइ कटाइ सम्बन्धि, कृषि सम्बन्धि कसैलाइ बाख्रापालन सम्बन्धि रोजगारमुलक तालिम दिएर स्वरोजगारको लागि हामिले बजेट व्यवस्था गरेका छौँ ।अब तपाइले भनेको जस्तो १०० % त गर्न सकिदैँन ।
सुदुरपश्चिम भन्ने बित्तिकै सबैले पिछडिएको ,छाउपडि प्रथा ,धामी प्रथा सम्झन्छन् । यो अन्त्यको लागि के कस्ता कामहरु गरिराख्नु भएको छ ?
जसरी यो प्रचारप्रसार भइरहेको छ । आजभन्दा दश पन्ध्र बर्ष पहिले त यो थियो । अहिले चाँही धेरै कम भइसक्यो ।सम्भवत बाह्र कक्षा सम्म सबैले पढेका छन् र आफ्ना घरमा नपढेका आमा ,हजुरआमालाइ पनि ज्ञान दिएका छन् ।त्यसैले यो प्रथा धेरै कम भइसक्यो । जहाँ सम्म निवारण हुने कुरा छ त्यसको लागि समय लाग्छ ।
नगरलाइ कस्तो बनाउने सपना देख्नुभएको छ ?
सपना त धेरै राम्रो छ । हुन्छ ,हुँदैन भन्ने भविष्यको कुरो हो । नगरपालिकालाइ कार्यकाल भित्र यातायात सुबिधा होस् ,बेरोजगार कोही यूवा नहोस् , सबैलाइ बस्ने घरको व्यवस्था होस् ,दुखी विरामी पर्दा उपचार गर्न सक्ने अवस्था होस् ,पढाइ ,लेखाइ बाट कोहि बञ्चित नहोस् । यी व्यवस्था होस् भन्ने चाहना राख्छौँ ।अब एउटा अस्पतालको निर्माण तयारी गर्दैैछौँ ।खानेपानीको लागि सबैको घरमा एक एक वटा धाराको तयारी गर्दैछौँ ।यो वर्षमा सबै वडाका घर घरमा बिजुली बल्छ त्यो तयारी छ ।

मेयर खबर डट कममा प्रकाशित
No comments:
Post a Comment