पत्रकोरकारको नाम के ?
लेखिरहने एउटा
कलम पाएको छ,
हरदम उसले,
कालो मसिले सेतो पानामा...
विविध रंग भरिरहन्छ,
समाज लेख्छ,
राजनीति लेख्छ,
अर्थ लेख्छ,
अर्थशास्त्र लेख्छ,
फूल लेख्छ,
फूलका रंग लेख्छ,
प्रेम लेख्छ,
युद्ध लेख्छ,
यो गर लेख्छ,
यो नगर लेख्छ,
तिमि उसलाई के नाम दिन्छौ ??
यस्तो भयो लेख्छ,
यस्तो हुन्छ लेख्छ,
यस्तो हुदैछ लेख्छ,
देश लेख्छ,
विश्व लेख्छ,
तिमि उसलाई के नाम दिन्छौ ??
भन्छ,
देखाउछ,
चिनाउछ,
सिमा कोर्दैन,
जोडिरहन्छ,
वायु जस्तै स्वतन्त्र छ,
तर
ऊ आफैसंग अपरिचित छ,
आफुसंग लढ्ने युद्धसंग अपरिचित छ,
तर पनि...
विश्वको परिचय दिन्छ
तिमि उसलाई के नाम दिन्छौ ?
विद्वानको विद्वता,
प्रविधिको विधि,
शान्तिको सन्देश,
धर्मको मर्म,
खेलको मेल,
गाउँको गोरेटो,
शहरको रहर,
यि सबै अटाउदै,
कवि कल्पनाको गहिराईमा डुब्छ,
ऊ वास्तविकताको चित्र कोर्छ,
तिमि उसलाई के नाम दिन्छौ ??
075/07/15
Rp dhungana

nice poet
ReplyDeleteधन्यवाद
Delete