१. २०७७ चैत ३० को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा पर्नेगरी कतिवटा स्मार्ट सहर निर्माण गर्ने निर्णय ग-यो ?
= १२
नयाँ बन्ने स्मार्ट सिटीहरू :
– प्रदेश १ : धनकुटा र गौरीगन्ज
– प्रदेश २ : रौतहटको मौलापुर र चन्द्रपुर
– वाग्मती प्रदेश : काभ्रेको काभ्रेभ्याली र भक्तपुरको गुन्डु
– गण्डकी प्रदेश : वालिङ
– लुम्बिनी प्रदेश :लुम्बिनी र तुल्सीपुर
– कर्णाली प्रदेश : दुल्लु
– सुदूरपश्चिम प्रदेश : भीमदत्त र अमरगढी ।
– सरकारले यसअघि नै १३ वटा सहरलाई स्मार्ट सहरका रूपमा निर्माण गर्ने निर्णय गरेकोमा चैत ३० को मन्त्रिपरिषद्को निर्णयबाट पहिलाको १३ मध्ये ८ र चारवटा नयाँ थप भएर आएको । अहिलेको मन्त्रिपरिषद्को निर्णयबाट १३ वटा बाट आठवटा मात्र छानिए पनि बाँकी पाँचवटा खारेज नभएको र दोस्रो प्राथमिकतामा परेको सहरी विकास मन्त्रालयले जनाएको ।
२. सर्वप्रथम सगरमाथाको चुचुरोमा पुग्ने पहिलो
आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको सम्झनामा तेन्जिङ–हिलारी
मेमोरियल पार्क कहाँ निर्माण गरिएको छ ?
= जिरी (दोलखा) (२०७८)
३. अन्तर्राष्ट्रिय नृत्य दिवस कहिले मनाइन्छ ?
@ अप्रिल २९
४. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (नेसनल आईसीटी डे) कहिले मनाउने गरिन्छ ?
= मे २ ।
(नारा– समृद्ध नेपालको आधार : सूचना तथा सञ्चार प्रविधिको विस्तार रहेको ।)
५. नेपालले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी
दरमा विद्युत् खरिद गर्न कहिलेदेखि सुरु गरेको हो ?
= वि सं. २०७८
वैशाख १९
६. प्रशान्त क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता
(ट्रान्स प्यासिफिक पार्टनरसिप एग्रिमेन्ट–टीपीपीए) मा कहिले
हस्ताक्षर गरिएको हो ?
= सन् २०१६ फेबुअरी ४
७. बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुन–कुन हुन् ?
= लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर (क्रमशः जन्मस्थल/बुद्धत्व प्राप्ति/प्रथम प्रवचन/निर्वाण प्राप्ति) ।
८. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को
व्यवस्था कहिलेदेखि गरेको हो ?
= विसं २०७२ मङ्सिर १४
९. नेपाल टेलिकमद्वारा टेलेक्स र आकाशवाणी सेवा
कहिलेदेखि बन्द गरिएको हो ?
= विसं २०६५ पुस १७
१०. सहरलाई कुरूप बनाउनेगरी राखिएका होर्डिङबोर्ड, पोस्टरलगायतका सामग्री हटाउने निर्णय सरकारले कहिले गरेको हो ?
= विसं २०७६ पुस १०
११. विश्वकै ठूलो मानव जमघट कुम्भ मेला कहाँ हुने
गर्छ ?
= भारतको इलाहावाद
१२. सरकारले प्रत्येक वर्ष फागुन १ गते रोजगार दिवस मनाउने घोषणा कहिले गरेको हो ?
= विसं २०७५ फागुन १
१३. एसिया को–अपरेसन डाइलग
(एसीडी)को स्थापना कहिले गरिएको हो ?
= सन् २००२ जुन १८ ।
(नेपाल सन् २०१६ मार्च १० मा एसीडीको सदस्य बनेको । हाल
एसीडीमा नेपालसहित ३४ राष्ट्र रहेका ।)
१४. असंलग्न आन्दोलन (एनएएम) मा आबद्ध सार्क
राष्ट्र कुन–कुन हुन् ?
= सबै आठ राष्ट्र ।
१५. राणाकालीन सरकारद्वारा जनतालाई दिइने
सूचनालाई के भनिन्थ्यो ?
= इस्तिहार ।
१६. सेतो हात्तीको देश भनेर थाइल्यान्डलाई
चिनिन्छ भने हजारौँ हात्तीको देश भनी कुनलाई चिनिन्छ ?
= लाओस
१७. महिलालाई मताधिकार प्रदान गर्ने विश्वको
पहिलो राष्ट्र कुन हो ?
= न्युजिल्यान्ड (सन् १८९३)
१८. तीनजुरे–मिल्के–जलजलेलाई लालीगुराँसको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
= विसं २०५५
१९. एटीएम मेसिनको सुरुवात कहिलेदेखि भएको हो ?
= सन् १९६७
– एटीएम मेसिनको आविष्कार जोन सेफर्ड बारोनले गरेका ।
– बेलायतको लन्डनस्थित एक बैङ्कमा पहिलोपटक सन् १९६७ मा यो मेसिन
प्रयोगमा ल्याइएको ।
– सुरुमा होल इन द वाल नामबाट चिनिने यो मेसिनमा ४ अङ्कको पिन नम्बर प्रचलनमा
रहेको ।
– नेपालमा पहिलोपटक हिमालयन बैङ्कले एटीएम प्रयोगमा ल्याएको ।
२०. बालविधाको हाइकू ‘चञ्चल’का
सर्जक को हुनुहुन्छ ?
= भक्त कार्की
(पुलाचौर, म्याग्दी) ।
२१. केन्द्रीय तथ्याङ्क विभागले २०७८ वैशाखमा
प्रकाशित तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर कति
हुने प्रक्षेपण गरेको छ ?
= ४.०१ प्रतिशत
२२. हाल नेपाललगायतका क्षेत्रमा रहेको प्राचीन सागरलाई के नामले चिनिन्थ्यो ?
= टेथिस सागर
२३. आफ्ना सदस्यको मृत्यु भएपछि बसाइँ सर्ने
विशेषता भएको जाति कुन हो ?
= राउटे
२४. हाम्रो शरीरका सम्पूर्ण क्रियाकलापको
नियन्त्रण तथा समन्वय गर्ने प्रणालीलाई के भनिन्छ ?
= स्नायु प्रणाली
२५. कुन पारिस्थितिक पद्धतिमा जीवपिण्डको पिरामिड
ठाडो हुन्छ ?
= स्थलीय पारिस्थितिक
पद्धति (टेरिस्ट्रियल इकोसिष्टम) ।
२६. राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना
कहिले भएको हो ?
= विसं २०३९ कात्तिक
३
२७. गोरखापत्रको प्रकाशन कहिलेदेखि सुरु भएको हो ?
= विसं १९५८ वैशाख २४
(सुरुमा साप्ताहिक रूपमा प्रकाशित हुने गोरखापत्र विसं २००० असोज २९
देखि हप्तामा दुईपटक, विसं २००३ पुस २८ देखि हप्तामा तीनपटक र विसं
२०१७ फागुन ७ देखि दैनिक रूपमा प्रकाशन गर्न थालिएको ।)
२८. नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो
चलचित्र कुन हो ?
= मनको बाँध
२९. अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमई)को पहिलो महिला प्रमुख को हुन् ?
= क्रिस्टिन ल्यागार्ड (फ्रान्सकी वित्तमन्त्री) ।
३०. सूर्यले आकाश गङ्गाको तारापुञ्जीय केन्द्रको
एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
= ब्रह्माण्ड वर्ष
(कस्मिक वर्ष) ।

No comments:
Post a Comment