‘एएलएस’ समेत भनिने ‘मोटोर न्यूरोन डिजिज’ के कारणले लाग्छ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन् । उक्त रोगले शरीरका कुनै पनि अङ्ग काम नलाग्ने अवस्थामा पुग्ने गर्छ । उक्त रोग लागेपछि अधिकांशको छिटै ज्यान जाने बताइन्छ ।
हकिङको परिवारले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा क्याक्ब्रीजको आफ्नै घरमा उनको निधन गएको बताइएको छ । परिवारले हकिङको के कारणले निधन भयो भन्ने खुलासा त गरेका छैनन तर उहाँको शान्तिपूर्ण रुपमा निधन भएको जनाएका छन् । ब्याक होल र रिलेटिभिटी सिद्धान्तमा ठूलो योगदान गरेका हकिङले प्रध्यापनसँगै थुप्रै पुस्तकसमेत लेखेका छन् । स्टेफेन हकिङको निधनबारे नासाले ट्वीट गर्दै हकिङले प्रतिपादन गरेको सिद्धान्तले मानव सम्भावनाहरुको ढोका खोलेको जनाएको छ ।
हकिङले ग्राभिटेश्नल वेभ्स, क्वान्टम मेकानिक्स तथा जनर रिलेटिभीटीमा अनुसन्धान गरेका थिए । शास्त्रीय सिद्धान्तले ब्ल्याक होलमा रहेका उर्जा वा सूचनाहरु बाहिर आउन नसक्ने बताउँछन् तर क्वानटम फिजिक्सले भने यस्तो हुन सक्ने बताउँछ ।
उनले लेखेको पुस्तक 'अ ब्रिफ हिस्ट्री अफ टाइम' विश्वकै वेष्ट सेलर पुस्तकमा गणना हुन्छ । उनको शारीरिक अवस्था एकदम कजमोर भए पनि उनको विचारले विश्वलाई नयाँ बाटो देखाउन सफल भएको छ । उनी राम्रोसँग बोल्न पनि सक्दैनथे ।
उनको आवाज बुझ्नलाई एउटा डिभाइसको प्रयोग गरिन्थ्यो । उक्त डिभाइसबाट उनको आवाज बुझ्ने र अध्ययन गर्ने काम गरिएको थियो । ‘तपाईंले सधैँ माथितिर हेर्नुहोस न कि तलतिर’, हकिङले भनेका छन्, ‘आफूले देखेका सबै बस्तुहरु र पृथ्वीको अस्तिस्त्व कसरी राख्न सकिन्छ भनेर केही धारण बनाउनुहोेस । उत्सुक र जिज्ञासु बन्नुहोस । जब अप्ठ्यारो समय आउँछ तब तपाईंले केही गर्नुपर्ने हुन्छ र त्यसमा सफल हुनुपर्छ । तपाईंले कुनै कुरालाई निरन्तरता दिनु नै तपाईंको सफलता हुनेछ ।'
अल्बर्ट आइनस्टाइन अवार्ड, अल्बर्ट मेडल तथा प्रेसिडेन्सियल मेडल अफ फ्रिडम मेडललगायतका पुरस्कारबाट हकिङलाई सम्मान गरिएको थियो । अशक्त भएर पनि यतिको सफलता पाउने व्यक्तिमा उनी पहिलो स्थानमा पर्छन् । मानव जातीले जीवित रहन पृथ्वी छोड्नैपर्नेमा जोड दिने गर्थे । उनले चन्द्रमा तथा मंगल ग्रहमा बस्ती बसाउने कुरा मानव जातीका लागि निकै महत्वपूर्ण भएको पनि बताएका थिए ।
हकिङ एकेडेमिक संसारमा मात्रै नभएर ‘द सिमसोन’, ‘रेड ड्वार्फ’ र ’बिग ब्याङ थेओरी’ जस्ता टिभी ‘शो’ मा पनि देखिएका थिए । ’बिग ब्याङ थेओरी’ ले हकिङ विश्वलाई उत्प्रेरित गर्ने महान वैज्ञानिक भन्दै ट्वीट गरेको छ । हकिङ मोटर न्यूरोन डिजिजबाट ग्रसित थिए । स्वास्थ्य अवस्था राम्रो नभएपनि ब्ल्याक होलको अनुसन्धान गरेर उनी विश्वभर चर्चामा रहेका थिए । हकिङ २२ वर्षको हुँदा डाक्टरले मोटर न्यूरोन डिजिजका कारण उनी केही समय मात्र बाच्न सक्ने बताएका थिए ।
गएको असारमा नर्वेको ट्रोन्हेमस्थित स्टारमस साइन्स फेस्टिवलमा बोल्दै हकिङले मानिसले पृथ्वी छोडेर अन्य ग्रहमा बस्ती बसाउन थाल्नुपर्ने बिचार व्यक्त गरेका थिए । उनले चन्द्रमा तथा मंगल ग्रहमा बस्ती बसाउने कुरा मानव जातिको भविष्यका लागि निकै महत्वपूर्ण हुने बताउँदै आएका थिए । पृथ्वीमा तापक्रम वृद्धि, जनसंख्या विस्फोट वा क्षुद्रग्रहसँग ठोक्किएर पृथ्वी बस्नलायक स्थान नरहने दाबी गर्थे ।
पृथ्वी मानवका लागि साँघुरो ठाउँ भैसकेको तर्क हकिङ गर्थे । ‘यो विश्व साँघुरिँदै गएको छ र अब मानव जातिका लागि नयाँ स्थान खोजी गर्नुपर्ने आवश्यकता रहेको छ’, हकिङले भनेका थिए, ‘इतिहासमा पनि नयाँ स्थानको खोजीकै क्रममा १४९२ मा कोलम्बसले नयाँ विश्व पत्ता लगाएका थिए। तर अब नयाँ विश्व कहीँ बाँकी छैन। हामीलाई ठाउँ कम भइरहेको छ र जाने ठाउँ भनेको अरु ग्रह नै हो।’
हकिङले मानिसले उपनिवेश बसाउन सुरु गर्नका लागि चन्द्रमा र मंगलग्रह सबैभन्दा उत्तम स्थान बताउदै आएका थिए ।
No comments:
Post a Comment