Friday, 15 May 2020

आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रमका विषय


आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रमका मुख्य विषयहरु :-

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो । ती स्थान समेटेर नेपालको नक्सा सार्वजनिक गरिने ।
३०० पुल बनाइने ।
तीन वर्षभित्र सुकुम्वासी समस्या र अव्यवस्थित बसोबास अन्त्य गरिने ।
आगामी आर्थिक वर्षमा दुई अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याइने ।
वैदेशिक व्यापारमा चीनका ७ बन्दरगाह प्रयोग गरिने ।
दीगो पर्यटन उत्थानको कार्यक्रम ल्याइने ।
काभ्रेको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल बनाउने ।
आगामी तीन वर्षभित्र सबै नेपालीको घरमा खानेपानी पुर्याइने ।
भैरहवा विमानस्थल सञ्चालन, निजगढ र काभ्रेमा विमानस्थल निर्माण सुरु गरिने ।
कृषिमा अनुदान रकममा नभइ उत्पादन सामग्रीमा दिइने ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउने ।
नेपालभारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन गरिने ।
नागढुङ्गानौबिसे सुरुङमार्गको एक किलोमिटर खण्ड यसै वर्ष बन्ने ।
तीन वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गरिने ।
प्रविधिको अधिकतम प्रयोग गरी कम्पनी दर्ता तथा नविकरण छिटो छरितो बनाइने ।
वीरगञ्जकाठमाडौं र रसुवागढीकाठमाडौं रेलमार्गको निर्माण थालिने ।
मनमोहन र गंगालाल अस्पताललाई बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने ।
ठूला आयोजनामा मात्रै विदेशी लगानी भित्र्याइने, विदेशबाट फर्केका र अर्धबेरोजारलाई कृषिमा जोडिने ।
सरकारी स्वामित्वका बन्द उद्योग फेरि सञ्चालन गरिने ।
मालपोतको काम अनलाइन प्रणालीबाट गरिने ।
– ‘स्वच्छ नेपालअभियान सञ्चालन गरिने ।
सरकारी, सार्वजनिक र गुठी जग्गा अतिक्रमण हटाउन अभियान चलाइने ।
स्वदेशमै फलाम उत्पादन शुरू गरिने ।
गरीब तथा विपन्नलाई निःशुल्क उपचार ।
एक चिकित्सक, एक स्वास्थ्य संस्थाका लागि ९ अर्ब विनियोजन गरिने ।
भूमि बैंक स्थापना गरिने ।
सबै स्थानीय तहमार्फत युवाहरुलाई घुम्ती तालिम गरिने ।
विमानस्थल र सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिने ।
राजमार्गमा एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गरिने ।
– ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैननारा कायमै ।
जमिन बाँझो राख्न नपाइने ।
स्वदेशी वस्तु उपयोगको लागि अभियान चलाइने ।
खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गरिने ।
सहकारी संस्था गाभ्न प्रोत्साहन गरिने ।
प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने
आन्तरिक राजश्वलाई आम्दानीको मूख्य श्रोत बनाइने ।
स्वास्थ्य सेवा विभाग खारेज हुने, महामारी नियन्त्रणका लागि खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गरिने स्थापना गरिने ।
वैदेशिक रोजगारीबाट फर्केका युवालाई सुरुआती पुँजी उपलब्ध गराउने ।
स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने ।
देशलाई कोरोनामुक्त बनाउनु पहिलो प्राथमिकता ।
केन्द्रमा ३ सय शैय्या र प्रत्येक प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल बनाइने ।
देशभरबाट ३ अंकमा फोन गरेर एकीकृत एम्बुलेन्स सेवा सुचारु गरिने ।
आगामी आर्थिक वर्षमा साक्षर घोषणा गरिनेबताइएको छ ।
संघमा ३०० शैय्याको अत्याधुनिक अस्पताल निर्माण गरिने ।
फजुल खर्च रोक्ने, आयोजनाको पुनर्प्राथमिकीकरण गर्ने ।
१० वर्षमा कृषि उत्पादन दोब्बर पार्ने घोषणा ।
आगामी वर्षभित्र सबैको स्वास्थय बिमा गरिने ।
वडामै मधुमेह र रक्तचापको परीक्षण गरिने ।
४० वर्षमाथिका नागरिकको ६ महिनाको एक पटक अल्बुमिन तथा ग्लुकोज निःशुल्क जाँच हुने ।

जेठ २ गते, २०७७ -शुक्रबार ।

No comments:

Post a Comment