अब्दुल कलामका केही वाणीहरुः
१. सफलताका
कथाहरु नसुन्नुस्, ति कथाबाट तपाईंले केबल सन्देश मात्र पाउनु हुनेछ । बरु असफलताका
कथाहरु पढ्नुस् त्यहाबाट तपाईंले सफल हुनका लागि केही ‘आइडिया’ पाउन सक्नु हुन्छ ।
२. सपना त्यो होईन
जुन निदाए पछी देखिन्छ, बरु सपना त त्यो हो- जस्ले तिमीलाई निदाउन दिदैन ।
३. यदी तपाईं आफ्नो
कामलाई सलाम ठोक्नु हुन्छ भने तपाईंले कोही कसैलाई सलाम ठोकिरहनु आवश्यक छैन । तर
यदी तपाईं आफ्नो कामलाई सलाम ठोक्नु हुन्न भने पुरै दुनियाँलाई सलाम ठोक्दै
हिंड्नु पर्ने हुन्छ ।
४. जीवन र समय भनेको संसारकै सबै भन्दा उत्क्रिस्ठ गुरु हुन
। जिबनले समयको सही सदुपयोग गर्न सिकाउछ भने समयले जिबनको महत्व कती छ् सो सिकाउछ
।
५. If you fail never give up because F.A.I.L. means “First Attempt In
Learning” “E.N.D.” is not the end it means “Effort Never Dies”. If you get NO
as an answer remember ‘NO’ means ‘Next Opportunity.’
६. आत्म विश्वास र कडा परिश्रम नै “असफलता” नामक रोगको औषधी हो
।
७. तिमी तिम्रो भविष्य बदल्न नसकौला तर तिमी तिम्रा बानिहरु बदल्न सक्छौ जस्ले
अवस्य तिम्रो भबिस्य बदलने छ ।
८. प्रेम गर्नका लागि यो जिबन नै छोटो भईदिन्छ,
थाहा छैन मान्छेहरु
घ्रिणा गर्ने समय कसरी निकाल्छन ।
९. सबै चराहरुले वर्षातमा आफ्नो गुँड भेट्दछन ।
तर यौटा चिल मात्रै त्यस्तो चरा भइदिन्छ जो वर्षातलाई बहिस्कार गर्दै बादल माथि
पुग्छ । समस्याहरु समान हुन, केबल हेराइले फरक झै बनाउछन ।
१०. सपना बिचारमा
बदलिन्छ र बिचार कार्यमा ।
११. कसैलाई पनि हराउन सजिलो छ तर जिताउन निक्कै मुस्किल
।
१२. यौटा राम्रो किताब सयौ साथी बराबर हुन्छ । तर यौटा राम्रो साथी पुरै
पुस्तकालय समान हुन्छ ।
१३. पहिलो सफलता प्राप्त गर्ने बित्तिकै आराम नगर्नुस्
किनकी यदि तपाईं दोश्रो पल्ट असफल हुनु भयो भने “त्यो पहिलाे पटक त चान्सले पो सफल भएका हौ”
भन्नलाई सयौ ओठहरु
पर्खि बसेका छन ।
१४. जब तिम्रो ‘दस्तखत’ ‘अटो ग्राफ’मा बदलिन्छ नि, त्यही हो सफलता ।
१५. तपाईंको सबै भन्दा
राम्रो गुरु भनेको तपाईंकै ‘पछिल्लो अन्तिम गल्ती’ हो ।
१६. आउनुस् तपाईं हाम्रो ‘वर्तमान’ सुम्पिउ ताकी हाम्रा
छोराछोरिको ‘सुन्दर भविस्य’ होओस ।
१७. सपना साकार हुनु भन्दा पहिले तिमीले
सपना देखेकै हुनु पर्छ ।
१८. मान्छेलाई अफ्ठ्याराहरु चाहिन्छ चाहिन्छ, ताकी भोली सफलताको
आनन्द लिन सकियोस ।
१९. जब आमा खुशी हुने छिन तब घर परिवार खुशी हुनेछ र जब घर
परिवार खुशी हुनेछ तब सिङगो राष्ट खुशी हुनेछ ।
२०. जिबनमा अफ्ठ्याराहरु
तपाईंलाई सखाप पार्न आउँदैनन । बरु तिनीहरु त तपाईंको कती ताकत छ सो चिनाउन आउँदछन
।
२१. कालो रङ अशुभको प्रतिक मानिन्छ । तर याद राख्नु, त्यही कालो रङको कालो पाटिमा अक्षर चिनेर
विद्यार्थीहरु आफ्नो भबिस्य ‘सुन्दर’ बनाउछन ।
२२. शिखरमा पुग्नका लागि ताकत चाहिन्छ,
चाहे त्यो सगरमाथाको
शिखर होस् या तपाईंको कार्य क्षेत्रको शिखर ।
२३.उत्कृष्टता कुनै संयाेग हैन,
हुँदै हैन । यो त
निरन्तर्ता को उपज हो ।
२४. I am not a “HANDSOME” guy, but I can give my
HAND-TO SOME-ONE who needs help. Beauty is in heart not in face.
२५. पर्खेर
बस्नेहरुलाई केबल त्यती मात्र मिल्छ जती सफलता पाउनेहरुले छोडेर जान्छ्न ।
अबुल पाकिर जैनुलअब्दीन अब्दुल कलाम मसऊदी

No comments:
Post a Comment