Wednesday, 20 May 2020

बालबालिकाको प्रश्न मेयरमाथी बर्षिएपछी …


मेयरज्यू, हाम्रो विद्यालय भवन कहिले बन्छ ? हावा, हुरी, वर्षा हुदा विद्यालय जान पाइदैन । पढाइमा बाधा भइरहेको छ । प्रतिस्पधाको युगमा हामि कसरी अगाडि बढ्न सक्छौ ? हामीले पढ्न पाएनौं, मेयरज्यू ।मण्डनदेउपुर नगरपालिकाको श्री तपेश्वर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा करुणा ढकालले प्रश्न गरिहरदा मेयर टोक बहादुर तामाङ् गम्भिर भएर सुनिरहेका थिए ।
ढकालले थपिन, भूकम्प गएको चार चार वर्ष पूरा हुदा समेत हाम्रो विद्यालयको भवन किन निर्माण हुन सकेन ? हामी कहिले राम्रो सफा कक्षा कोठमा बसेर पढ्न पाउछौ ?’ विद्यार्थी ढकालले प्रश्न गरिरहँदा निकै सोचमग्न रहेका मेयरले जवाफमा भने, अब छिटै तपाइहरुको विद्यालयका भवन निर्माण हुन्छ ।
यो सवाल जवाफ बैशाख १२ गते देउमण्डनपुर नगरपालिकामा आयोजित बालबालिकासँग मेयरटेलिभिजन कार्यक्रमको छायांकनका क्रममा भएको हो । हलमा करिब ७० जना बालबालिका र मेयर, उपमेयर बीच २ घण्टा छलफल भएको थियो ।
कार्यक्रमकामा महाकाली मावि कक्षा १० मा अध्ययनरत छात्रा अर्पना बजगाईले विद्यालयमा राजनीतिक संगठन हावी हुदै गएको बताइन । उनले विद्यालयमा अनावश्यक राजनीतिक संघ संगठन खोलि कार्यक्रम गर्ने गरेको बताइन। जवाफमा मेयरले आजका दिन देखि त्यस्ता कार्यक्रम नहुने आस्वासन दिए ।
विशाल तामाङले विद्यालय व्यवस्थापन समितिमा विद्यार्थीको पनि सहभागिता हुनुपर्ने विषय उठाए । उनले भने, त्यसले विद्यार्थिका अपेक्षा पनि विद्यालय तथा अविभावक सम्म पुर्याउन सकिने थियो । कार्यक्रममा सहभागि नित्तिकार्यकारी अधिकृतले नगर कार्यपालिकासंग छलफल गरि त्यो व्यवस्था गर्न सकिने बताए ।
कार्यक्रममा अधिकांश बालिकाहरुले महिनावरी हुदा प्याडको व्यवस्था हुनुपर्ने विषय उठाएका थिए । यो समस्याको समाधान छिटै हुने उपमेयर निर्मला शाहीले बताएकी थिन् ।
कार्यक्रममा बालबालिकाहरुले यस्ता कार्यक्रमहरु धेरै हुने भएपनि अनुगमन नगरिदिंदा बालबालिका सँधै बोलिरहने र सरोकारवालाबाट केही नहुने भन्दै भन्दै गुनासो गरेका थिए । जवाफमा कार्यक्रम सञ्चालक तथा प्रमुख कार्यकारी निर्माता शिव अधिकारीले बालबालिकाले उठाएका मुद्दालाई विगतमा पनि निरन्तर अनुगमन गरी कार्यान्वयन भएको प्रतिबद्धता र हुन नसकेको विषयलाई यथार्थरुपमा देखाइने गरिएको भन्दै मण्डनदेउपुर नगरको कार्यक्रमलाई पनि अनुगमन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हरेक शनिबार विहान ८ः३० र ११ः३० बजे न्यूज २४ टेलिभिजनबाट प्रशारण हुँदै आएको बालबालिकासँग मेयरटेलिभिजन कार्यक्रम अन्तर्गत बैशाख २१ गते मण्डन देउपुर नगरपालिकामा छायांकन गरिएको कार्यक्रम प्रशारण हुने कार्यक्रमका जनसम्पर्क प्रमुख प्रशन्न ढुंगानाले जानकारी दिए ।

रमेश ढुंगाना
मेयर खबरमा प्रकाशित

No comments:

Post a Comment