Wednesday, 13 May 2020

असली हिरा

ह्वाइट हाउसबाट बाहिरिने स्थिति आएमा आफ्ना समर्थकलाई गृहयुद्ध निम्त्याउन परिचालन गर्नेसम्मको चेतावनी ट्रम्पले दिइसकेका छन् जाडोको समयमा राजाले राजसभा दरबारबाहिरको चौरमा बसाएका थिए । भर्खरै घाम लागेको हुनाले मौसम न्यानो थियो । त्यसै समयमा एक अपरिचित मानिसले प्रवेशको अनुमति मागे । राजाले उनलाई अनुमति दिए ।


नवागन्तुकले आफ्नो परिचय दिँदै भने– महाराज, मसँग यस्ता चार वस्तु छन्, जो देख्दा समान छन् । तर, चारमध्ये एक बहुमूल्य हिरा हो भने बाँकीचाहिँ सामान्य काँच । यहाँ कसैले हिराको पहिचान ग¥यो भने यो बहुमूल्य हिरा हजुरको हुनेछ र कसैले पहिचान गर्न सकेन भने मलाई हजुरले यसको मूल्य बराबर रकम दिनुपर्नेछ । उनले चारवटै वस्तुलाई राजाको अगाडि जतनसाथ राखिदिए ।

राजाले यसो हेरेर भने– चरवटै वस्तु एकैजस्ता छन् । त्यसैले, म यो पत्ता लगाउन सक्दिनँ । मन्त्रीले पनि असमर्थता जनाए । अरूले नि हिम्मत गरेनन् । राजासित धनको कमी थिएन । पत्ता लगाउन नसके धन दिन तयार थिए । तर, पत्ता लगाउन नसके प्रतिष्ठामा आँच आउन सक्ने हुनाले सबै हच्किए । त्यसै समयमा एक दृष्टिविहीन वृद्ध दरबारमा आइपुगे । उनले भने– महाराज ! म जन्मजात दृष्टिविहीन
हुँ । तर, हजुरले यहाँ राखिएका वस्तुलाई छोएर परख गर्ने अनुमति दिनुभयो भने एकपटक प्रयास गरौँ कि ? राजाले अनुमति दिएपछि ती वृद्धले पालैपालो ती चारवटै वस्तुलाई छोए । अन्त्यमा उनले एउटा वस्तुलाई उठाएर भने– महाराज, यही हो असली हिरा । हिरा ल्याउने मानिसले शिर झुकाएर स्विकारे– महाराज, उहाँले हिराको सही पहिचान गर्नुभएको छ । सर्तबमोजिम यो हिरा अब हजुरको भयो ।
दृष्टिविहीन वृद्धले असली हिरा पत्ता लगाएको देखेर सबै छक्क परे । वृद्धले भने– महाराज ! हामी सबै घाममा छौँ ।
मैले छुँदा यी चारमध्ये जुन चिसो थियो, त्यो नै हिरा थियो । किनकि, जो मानिस
संकटमा पनि शान्त रहन्छ, ऊ नै हिरा हो र जो कुरैकुरामा तातिरहन्छ, त्यो काँच हो । राजाले वृद्धको बसोवास र खानपिनको सम्पूर्ण व्यवस्था मिलाएर बिदा गरे ।



स्राेतः नयाँ पत्रिका

No comments:

Post a Comment